Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

उतै सन्तान जन्माउने योजनासहित अमेरिका उडिन् रेखा थापा

उतै सन्तान जन्माउने योजनासहित अमेरिका उडिन् रेखा थापा


  • 5.1K
    Shares

    उतै सन्तान जन्माउने योजनासहित अमेरिका उडिन् रेखा थापा
    images

    काठमाडौं । अमेरिकामा सन्तान जन्माउने योजनासहित अभिनेत्री रेखा थापा त्यसतर्फ लागेकी छन् । पति बलराम शाहीसहित उनी शुक्रबार अमेरिका पुगिसकेकी छिन् ।

    शनिबार बिहान श्रीमानको जन्मदिन सेलिव्रेसन गरेको तस्वीर अमेरिकाबाटै पोस्ट गरेकी छन् । उड्नुअघि कुराकानीमा पनि रेखाले अमेरिकामा ‘बेबी प्लान’बारे कुरा गर्दै यसबारे संकेत दिएकी थिइन् ।

    अमेरिकामा ‘बेबी प्लान’ आफ्नो भन्दा पनि श्रीमानको चाहनामा हुन लागेको उनले बताएकी थिइन् । रेखाका श्रीमानको परिवार त्यहाँ बसोबास गर्दै आएको छ । काठमाडौंबाट बुधबार राती अमेरिकातर्फ उड्नुअघि रेखा र बलरामले ‘प्रेगनेन्सी फोटोसुट’ पनि गरेका थिए जुन तस्वीर प्राप्त भएको छ ।

    रेखा अमेरिकामा ५ महिना बस्नेछिन् । चिकित्सकले रेखालाई माघको डेलिभरी डेट दिएका छन् । 

    प्रकाशित मिति :मंसिर २३ २०८० शनिवार - २०:२६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij