Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा

यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा


  • 4.5K
    Shares

    • images
    यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा
    images

    काठमाडौँ । तपाई हाम्रो वरपर पाईने कलिलो बाँसलाई नै तामा भनिन्छ । घर वरपर वा टाडा या हामि हिड्ने बाटोमा नै किन नहोस् हामिले बाँसको घारि नै देखेका हुन्छौँ । हामिलाई लाग्छ छ्याँ कस्तो घारि । तर त्यसको महत्व भने हाम्रो लागि अत्याधिक रहेको छ ।

    हामिले बाँसको छ्वालि,टहरा,डोका बनाएको देखेकै छौ । त्यो देख्दाँ पनि यस्तो नि खान मिल्छ र रु भन्ने लाग्नु स्वभाविक नै हो । तर हामिले त्यो बाँस खाने भने पक्कै पनि होईन । बाँसको कलिलो मुना नै तामा हो । जो हाम्रो स्पास्थको लागि अतिनै लाभदायक रहेको छ । तामालाई विभिन्न परिकारमा खान सकिन्छ ।

    विशेषगरी नेपालको अधिकांश स्थानमा सर्वसुलव सर्वत्र रुपमा बाँस अर्थात तामा पाईन्छ । तामालाई तरकारीको रुपमा र अन्य रुपमा प्रयोग गर्न सकिन्छ । तपाई हामि मध्ये कतिले त खाना खादाँ आमाले तरकारी दिनुहुदाँ उठेर पनि हिड्नुहुन्छ होला कत्ति तामाको मात्र तरकारी पकाएको भनेर । अब भने त्यस्तो नगर्नुहोला । ताकि तपाईले यो पढि रहदाँ पनि थाहा हुन्छ कि तामाको महत्व कति भनेर ।

    हामिले तामा जुन मौसममा पनि खान सकिन्छ । बनाउन पनि सजिलो र भान्छामा पनि पकाउन त्यति नै सजिलो छ । गर्मी मौसममा पनि भान्छामा धेरै समय नलाग्ने त्यो फाईदा छ भने चिसो मौसममा त झन तातो तामाको सुप संगै खाना खानुको मज्जा नै छुट्टै हुने गर्दछ ।

    थाहा पाउनुहोस् बाँसको तामा खानुका फाइदा :

    १. तामामा प्रोटिनको मात्रा बढि हुने भएकाले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

    २. तामाको प्रोगले पाचन प्रणलीलाई फाइदा हुन्छ । जसले गर्दा पाचन समस्या हटेर जान्छ ।

    ३.खोकि वा फोक्सोको समस्या छ भने तामाको तरकारी खाने गर्नुहोस् फाइदाजनक हुने गर्दछ ।

    ४. तामामा कार्बोहाईड्रेटको मात्रा कम हुने भएकाले मधुमेह रोगीका लागि फाईदाँजनक हुने गर्दछ ।

    ५. यसले उच्च रक्तचापलाई कम गर्दछ ।

    ६. यसले पिसाब घरको अधिकांश समस्या निको पार्ने गर्दछ । पिसाबमा हुने सक्रमणका बिरामीलाई 
    औषधीकै काम गर्दछ ।

    ७. तामामा फ्याटको मात्रा निकै कम हुने भएकाले कोलेस्ट्रोललाई नियन्त्रण गर्ने गर्दछ ।

    ८. क्यालोरी कम हुने भएकाले शरीरको बोसो घटाउँछ ।

    ९.तामा गर्भवती महिलालाई स्वस्थकर मानिन्छ । गर्भवतीको अन्तिम महिनामा तामाको तरकारी खुवाउने पनि गरीन्छ ।

    १०. तामाको नियमित सेवन गर्दा ग्याष्ट्रिक,अल्सर देखि क्यान्सरको सम्भावनालाई समेत क मगर्दछ ।

    ११. तामाले मुटु रोग,रक्तचाप,अत्याधिक कोलेस्ट्रोल,आन्तरिक घाऊ वा चोटको समस्यालाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका रहन्छ ।

    तामा तयार गर्ने विधि:

    तामा तयार गर्न सहज अनि सजिलो पनि छ । बाँसको तामालाई गुन्द्रुक जसरी नै पकाउने गरिन्छ । त्यसका लागि पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याएर स–साना टुक्रा बनाउनु पर्दछ । त्यस पछि त्यसलाई केहि बेर घाममा सुकाएर बेसार मोल्ने र सफा माटोको भाडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राख्नुपर्दछ । त्यसलाई जति लामो समय राख्यो त्यति नै अम्लियपन बढ्दै जान्छ । तामालाई प्लाष्टिकमा बाधेर जमिन मुनि महिनौ सम्म गाड्ने परम्परागत चलन पनि रहेको छ । तामालाई केहि समयमा बन्द भाडामा राखेर अमिलो भए पछि आवश्यकता अनुसार भाडा बाट नै झिक्दै प्रयोग गर्न सकिन्छ ।

    तामाका परिकारहरु :

    विश्वमा तामाका धेरै परिकारहरु बनाउँन सकिन्छ । नेपालमा भने सिमित परिकारहरु बनाईन्छ । नेपालमा आलु,बोडि तामाको तरकारी निकै प्रचलित रहेको छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यत्तिकै लोकप्रिय रहेको छ । विदेशीहरुले तामालाई थुप्रै परिकारको प्रयोजनमा प्रयोग गर्दछन् । खानाको सुरुवाती समयमा एप्पीटाईजर सलादको रुपमा तामालाई लिने गरिन्छ । तामाको सुप पनि विभिन्न थरीका तयार गरिन्छ । मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ । बाँसको टुसालाई ताजै तरकारीको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

    प्रकाशित मिति :मंसिर ५ २०८० मंगलवार - १०:३९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij