Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

टी-२० विश्वकप छनोट : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

टी-२० विश्वकप छनोट : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै


  • 2.8K
    Shares

    टी-२० विश्वकप छनोट : सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै

    काठमाण्डाै । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनलमा आज (शुक्रबार) नेपाल र यूएई सँग भिड्दैछन्। 

    खेल बिहान–११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन ।

    नेपाल र यूएईबीच ८ वटा टी–२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर हिजो भएको खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

    यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सि आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८० शुक्रवार - ०६:५९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij