२०८२ भाद्र ३ गते मंगलवार
टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ। रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन्।
यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ।
टोलीमा कप्तान रोहित पौडेल, ओपनर तथा विकेट किपर आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij