Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

काँचो फलफूल तथा तरकारी किन खाने ?

काँचो फलफूल तथा तरकारी किन खाने ?


  • 9.5K
    Shares

    काँचो फलफूल तथा तरकारी किन खाने  ?
    images

    हाम्रो खानपानमा कतिपय फल तथा तरकारी काँचो समावेश हुने गर्दछ । धेरैलाई काँचो फल वा तरकारी मन नपर्न सक्छ । तर स्वस्थ्य शरीरलाई खानामा काँचो आहार राम्रो मानिन्छ । काँचो आहारले खानेकुरा राम्ररी पचाउन सहयोग गर्दछ । साथै यसको पोषक तत्व पुर्ण रुपमा शरीरले पाउँछ ।

    १. फल
    अधिकांश फल काँचो खान सकिन्छ । काँचो फल खाँदा यसमा पाइने भिटामिनको मात्रा पुर्ण रुपले शरीरले पाउँछ । यसमा क्यालोरी कम हुनुका साथै पर्याप्त फाइबर मिल्दछ । साथै पाचन यन्त्र स्वस्थ्य बनाउँछ ।

    २. सागसब्जी
    कति सागसब्जी पनि काँचो खान सकिन्छ । काँचो सागसब्जी मिनरल्सको राम्रो स्रोत हो । साथै पत्तेदार सब्जीमा प्रोटिनको मात्रा अधिक हुन्छ । यो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुन्छ ।

    ३. पोषक तत्व
    कतिपय खानेकुरा पकाउँदा बढि पकाउने, नछोपी पकाउनाले यसमा भएको पोषण तत्व नष्ट हुन्छ । साथै स्वादिष्ट बनाउने चक्करमा यसमा हालेको मसला खानेकुराको पोषक तत्व नष्ट गर्दछ । त्यसैले काँचो खान मिल्ने आहार खाँदा शरीरलाई फाइदा पुग्दछ ।

    ४. स्वस्थ्य पाचन यन्त्र
    कतिपय मानिसहरु धेरै पकाएको, भुटेको, तारेको, मसलेदार खानेकुरा खान खोज्दछन् । तर यस्ता खानाले पाचन यन्त्रलाई खराब गर्छ । यदि काँचो खान मिल्ने भोजन काँचै खाइयो भने त्यसले पाचन यन्त्रलाई बलियो र स्वस्थ्य बनाउँछ । काँचो आहारमा रहेको रेशा र इन्जाइमले पाचन शक्तिलाई सही राख्दछ ।

    ५. मोटोपन घटाउँछ
    काँचो आहार खानाको पुरक हुन्छ । यसमा रहेको रेशा पेटमा गएर फैलन्छ । यहि कारण चाडैँ भोक अनुभव हुँदैन । यसले गर्दा ओभरडाइटिङको संभावना हुँदैन । जसका कारणले शरीरमा मोटोपना घट्दै जान्छ ।

    ६. दाँत
    काँचो आहार शरीरकासाथै दाँतकालागि पनि फाइदाजनक हुन्छ । काँचो आहारलाई राम्ररी चपाउँदा शरीरलाई पोषक तत्व मिल्नुका साथै दाँतको पनि व्यायाम हुन्छ ।

     

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - २१:२६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij