Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

लक्कि फिल्मी अवार्डमा छक्का पन्जा ४ ‘लक्की’ 

लक्कि फिल्मी अवार्डमा छक्का पन्जा ४ ‘लक्की’ 


  • 3.5K
    Shares

    लक्कि फिल्मी अवार्डमा छक्का पन्जा ४ ‘लक्की’ 
    images

    लक्कि फिल्मी अवार्डमा छक्का पन्जा ४ ‘लक्की’ देखिएको छ । छक्का पन्जा ४ ले सर्वोत्कृष्ट चलचित्रका साथै लेखक दिपकराज गिरी, सगीतकार दीपक शर्मा, गायक डेबिड शङ्कर, गायिका साइमा श्रेष्ठले अवार्ड हात पारे । यस्तैगरी नायिका वर्षा राउत र नायक आर्यन सिग्देल लाई विशेष अवार्ड प्रदान गरिएको थियो ।

    मोफसल कै पहिलो फिल्म अवार्डका रुपमा चितवन को भरतपुरमा लक्की फिल्मी अवार्ड २०८० तथा सम्मान समारोह विहीबार सम्पन्न भएको छ । चितवनको लक्की मिडियाले आयोजना गरेको सो समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले प्रमूख अतिथीका रुपमा बोल्दै भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन् ।

    लक्की मिडिया हाउस चितवनले भरतपुरको सीजी ल्यान्डमार्कस्थित सिनेप्लेक्समा आयोजना गरेको सो अवार्ड तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष महानगरपालिकाले आयोजना गरे पनि समग्ररूपमा सबैको साझा कार्यक्रम रहेको प्रष्ट पारिन् ।

    ‘भ्रमण वर्षको प्रचारप्रसारमा कलाकारको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भनिन्, ‘भ्रमण वर्षबारे कलाकारले बोल्दा प्रभाव राम्रो पर्छ । कलाकारले यो अभियानलाई आफ्नै अभियानका रूपमा लिन आग्रह गर्छु ।’

    ‘कलाकार भनेका राष्ट्रका गहना हुन्, यो गर्वको विषय पनि भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा भरतपुर भ्रमण वर्ष–२०२४ का विषयमा कलाकारले थोरै बोल्दै पनि धेरै प्रचार हुने अपेक्षा लिएकी छु’, उनले भनिन् ।

    भरतपुरमा अयोजना भएको लक्की फिल्मी अवार्डले अग्रज कलाकारलाई तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरेकोमा प्रमुख दाहालले खुसी व्यक्त गरिन् ।

    महानगरपालिकामा देशकै सबैभन्दा ठूलो सभागृह (सिटी हल)मा एकैपटकमा तीन हजार जना एकसाथ यस्ता अवार्ड कार्यक्रमहरु अर्को वर्षसम्म सञ्चालन गर्न सकिने उनले बताइन् ।

    कार्यक्रममा विशिष्ट कलाकार नीर शाहको विशेष उपस्थिति रहेको थियो । अवार्ड समारोहमा महापुरुष चलचित्रबाट अभिनेता कलाकार हरिवशं आचार्य, झिंगेदाउ बाट अभिनेत्री केकी अधिकारी, प्रेमगीत ३ बाट छायाँकारद्वय पुरुषोत्तम प्रधान र राजेश श्रेष्ठ , प्रकाश बाट निर्देेशक दिनेश राउत र सम्पादक जीवन थापा ले अवार्ड प्राप्त गरेका थिए भने छक्का पन्जा ४ ले सर्वोत्कृष्ट चलचित्रका साथै लेखक दिपकराज गिरी , सगीतकार दीपक शर्मा, गायक डेबिड शङ्कर, गायिका साइमा श्रेष्ठ ले अवार्ड हात पारे । यस्तैगरी नायिका वर्षा राउत र नायक आर्यन सिग्देल लाई विशेष अवार्ड प्रदान गरिएको थियो । लक्की मिडियाका इन्दिरा पन्तको सभापतित्वमा सम्पन्न  यो अवार्ड समारोहको मूल उद्देश्य भनेको चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानका साथै प्रोत्साहित गर्नु रहेको कुरा आयोजक संस्थाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले बताए  ।

    प्रकाशित मिति :आश्विन २६ २०८० शुक्रवार - ०५:५४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij