२०८२ भाद्र २३ गते सोमवार
नायिका रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को प्रदर्शन मिति तय भएको छ। यो फिल्मलाई यसै वर्षको माघ २६ मा रिलिज गर्ने घोषणा गरिएको छ।
यस अघि यो फिल्मलाई नयाँ वर्षमा रिलिज गर्ने तयारी गरिएको थियो। तर रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एम ए थर्ड क्लास’ रिलिज गर्ने भएपछि उपहारको प्रदर्शन मिति अघि सारिएको हो।
किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ‘हात्तीछाप’ले यस अघि नै पोस्टर जारी गरेर माघ २६ लाई प्रदर्शन मिति तय गरि सकेको थियो।
फिल्ममा रेखा थापा, पूजा शर्मा र बेशिना हमाल शिर्ष भूमिकामा देखिने छन्। ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘उपहार’ले ३ महिला पात्रको कथालाई प्रस्तुत गर्ने छ। मुकुन भुषाल, तेज गिरी र समर्पण थापाले यी तीन नायिकालाई साथ दिनेछन्।
रिच इन्टरटेन्मेन्ट र एफडी गु्रपले यो फिल्मलाई काठमाडौं तथा माफसलमा वितरण गर्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij