Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

प्रकाश सपुतको गीत ट्रेन्डिङ एकमा, टिकटकमा पनि भाइरल

प्रकाश सपुतको गीत ट्रेन्डिङ एकमा, टिकटकमा पनि भाइरल


  • 4.4K
    Shares

    प्रकाश सपुतको गीत ट्रेन्डिङ एकमा, टिकटकमा पनि भाइरल
    images

    गायक प्रकाश सपुतले २ दिनअघि मात्रै तीज गीत सार्वजनिक गरे। सार्वजनिक भएको भोलिपल्टै प्रकाशको गीतले युट्युबको एक नम्बर ट्रेन्डिङ कब्जा गर्यो। गीतले राम्रो चर्चा पायो।

    तर, प्रकाशको गीतको चर्चासँगै बिरोध पनि भयो। ‘जाले रुमाल फाट्यो’ बोलको गीतको भिडियोमा उनले एक संवाद राखे। जुन संवादले गीतको स्टोरीसँग कुनै अर्थ राख्दैनथ्यो। उक्त संवादको चर्को आलोचना भयो। 

    आलोचना चर्किएपछि प्रकाशले भिडियोबाट उक्त संवाद हटाएका छन्। प्रहरी अफिसर्स बनेकी स्वस्तिमा खड्का र प्रकाश सपुतविचको एक संवाद हटाइएको हो।

    समीक्षा अधिकारीको स्वरमा समावेश गीतको भिडियोमा स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहारी, विशाल पहारी र प्रकाश सपुतको अभिनय छ। भिडियोबाट हटाइएको उक्त संवाद युट्युबबाट हटेपनि टिकटकमा भने भाइरल भैसकेको छ।

    गायक सपुतका गीतमा यसप्रकारका विवाद यस अघि पनि हुने गरेका थिए।

    प्रकाशित मिति :भाद्र २६ २०८० मंगलवार - १५:३५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij