२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं। सुनिल कुमार थापाद्वारा निर्मित नयाँ नेपाली फिल्म एक भगवत् गीताले चलचित्र विकास बोर्डबाट आज सिफारिस पाउने सम्भावना बढेको छ ।
विभिन्न धार्मिक संघ–सस्थाहरुले फिल्मको नाम परिवर्तन गर्न माग गरेका कारण चलचित्र विकास बोर्डले सेन्सर सिफारिस दिन आनाकानी गरिरहेकोमा आइतवार बोर्डले सेन्सर सिफारिस दिन सक्ने संकेत गरेको हो ।
फिल्मका निर्माण टिमले फिल्मको शीर्षकको बीचमा ड्यास् राख्न तयार भएपछि धार्मिक संघ–संस्थाहरुले गर्दै आएको विरोध रोक्ने भएका हुन् । योसंगै अब यो फिल्मको शीर्षक ‘एक भागवत्–गीता’ रहने भएको छ ।
दुबै पक्ष सहमत भएपछि बोर्डले आइतबार नै निर्माता थापालाई सेन्सर सिफारिस पत्र हस्तान्तरण गर्ने बताइएको छ ।
विभिन्न धार्मिक संघ–संस्थाहरुले विकास बोर्डमा फिल्मको शीर्षक परिवर्तन गर्नका लागि निवेदन दिएका थिए ।
यद्यपि, विकास बोर्डले फिल्मको शीर्षक परिवर्तन गराउने तथा सेन्सर सिफारिस रोक्ने अधिकार आफूसंग नरहेको बताएपछि धार्मिक संघ–संस्था सञ्चार मन्त्रालयसम्म पुगेको बताइन्छ । मन्त्रालयले यो प्रकरणमा छलफल गरी समस्या समाधान गरिदिन भन्दै बोर्डलाई पत्र पठाएको थियो । त्यसपछि बोर्डले फिल्मका टिम तगा धार्मिक संघ– संस्थाहरु दुबै पक्षबीच छलफल गराएको थियो ।
यद्यपि, पाँच दिनसम्म छलफल गर्दा पिन सहमति हुन सकेको थिएन । यसबीचमा निर्माण टीमले फिल्मको शीर्षकमा डुयास राख्ने निर्णय गर्दै शीर्षक सच्याउन वोर्डमा निवेदन दिए । धार्मिक संघ–सस्थाहरुले यो कुराको जानकारी पाएपछि उनीहरुल पनि सहमतिमा आएको बताइन्छ । दुबै पक्षले सहमति गरेकाले आइतवार बोर्डले सेन्सर सिफारिस दिन लागेको हो ।
सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेका हुन । फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको मुख्य भूमिका रहेको छ । फिल्म यही भदौ २९ गते शु्क्रवारदेखि प्रदर्शनमा आउने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij