२०८२ भाद्र १० गते मंगलवार
आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको छ।
आइतबार भुटानले दिएको ४० रनको झिनो लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।
टोलीकी कप्तान रुविना क्षत्री बेलवासे १२ रनमा नटआउट रहिन्। कविता जोशी ९, सीता राना मगरले ८ तथा पुजा महतोले ३ रन थपे।नेपालका ८ ब्याटरले दोहोरो अंक छुन नसक्दा पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के।
भुटानकी अन्जुली घलेले ३ तथा क्षिरिङ जांग्मोले २ विकेट लिइन्। अन्जु गुरुङले १ विकेट आफ्नो नाममा गरिन्।त्यसअघि मलेसियाको बांगीमा नेपाल टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ३९ रनको योगफल तयार पारेको थियो।
कप्तान डेचेन वांग्मोले सर्वाधिक २१ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालकी पूजा महतोले ३ विकेट लिइन्। रुविना क्षेत्री, खुशी डंगोल र कविता कुँवरले समान एक विकेट आफ्नो नाममा गरे।
भुटानलाई पराजित गर्दै नेपाल समूह 'ए' को शीर्ष स्थानमा छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अब मंगलबार कतारसँग र बुधबार यूएईसँग खेल्ने तालिका छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij