Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

अभिनेत्री निरुता सिंहले गरिन् बिहे

अभिनेत्री निरुता सिंहले गरिन् बिहे


  • 3.7K
    Shares

    अभिनेत्री निरुता सिंहले गरिन् बिहे
    images

    अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन्। 

    आफूले बिहे गरेको कुरा अभिनेत्री सिंह आफैँले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। उनले गत बिहीबार (अगस्ट ३१ तारिख) मा मुम्बई निवासी सञ्जीभ गुलाटीसँग बिहे गरेकी हुन्।

    ‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो। त्यो हो– निरुताजी बिहे कहिले गर्ने भन्ने प्रश्न’, निरुताले शनिबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु। तपाईंहरूको निरुता सिंहले गत बिहीबार 31st August 2023 को दिन मुम्बई निवासी श्री सञ्जीभ गुलाटीसँग लगनगाँठो जोड़ेको छ। हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु। चाँडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु।’

    प्रकाशित मिति :भाद्र १६ २०८० शनिवार - २०:२३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij