Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

महिला टी–ट्वान्टीः बहराइनविरुद्ध नेपालकोदोस्रो जित

महिला टी–ट्वान्टीः बहराइनविरुद्ध नेपालकोदोस्रो जित


  • 2.3K
    Shares

    • images
    महिला टी–ट्वान्टीः  बहराइनविरुद्ध नेपालकोदोस्रो जित
    images

    आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा लगातार दोस्रो जित हासिल गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलवासेले यसको श्रेय टोलीका सम्पूर्ण सदस्यलाई दिएकी छन्। 

    खेलपछि टोलीकी कप्तान रुविनाले भनिन्, ‘एसिया क्षेत्र छनोटका लागि हामीले लामो समयदेखि अभ्यास गरिरहेका थियौँ। यो जित नेपाली टोलीको मात्र हैन, नेपालकै जीवन परिवर्तन गर्ने खेल हो।’

    कप्तान रुविनाले नेपाली समर्थकलाई पनि धन्यवाद दिएकी छन्। उनले थपिन्, ‘हामी जहाँ जान्छौँ, हाम्रा दर्शक त्यहीँ पुग्छन्। किनकि नेपाली टोलीलाई दर्शकको ठूलो समर्थन छ।’

    शुक्रबार भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले हराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा सहजै भेट्टायो।

    प्रकाशित मिति :भाद्र १५ २०८० शुक्रवार - १३:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij