Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

विश्वकप छनोटः बहराइनले दियो नेपाललाई ३२ रनको लक्ष्य

विश्वकप छनोटः बहराइनले दियो नेपाललाई ३२ रनको लक्ष्य


  • 2.2K
    Shares

    • images
    विश्वकप छनोटः बहराइनले दियो नेपाललाई ३२ रनको लक्ष्य
    images

    काठमाडौं। आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनबाट जितका लागि ३२ रनको सामान्य लक्ष्य पाएको छ ।

    मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुआत गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएका हो ।

    कप्तान दीपिका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। दीपिका इन्दु बर्माको बलमा बोल्ड आउट भइन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

    बहराइनलाई सस्तैमा अलआउट गर्नेक्रममा बलिङतर्फ नेपालका इन्दु बर्माले तीन तथा खुसी डंगोलले २ विकेट लिइन् । त्यस्तै कविता कुँवर, पुजा महतो र कप्तान रुविना क्षेत्री बेल्वासेले समान एक एक विकेट लिए । ४ ओभर वलिङ गरेकी इन्दुले २ ओभर मेडन राख्दै मात्रै ५ रन दिएर ३ विकेट चट्काइन् ।

    उता पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ। तेस्रो खेलमा नेपालले १७ गते भुटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ। नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ।

    प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाएनल खेल रहेको छ। प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन्।

    समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन्।

     

    प्रकाशित मिति :भाद्र १५ २०८० शुक्रवार - १२:०९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij