Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

एसिया कप हेर्नको लागि जनकपुरका विद्यालयहरू आज २ बजेपछि बन्द

एसिया कप हेर्नको लागि जनकपुरका विद्यालयहरू आज २ बजेपछि बन्द


  • 5.1K
    Shares

    • images
    एसिया कप हेर्नको लागि  जनकपुरका विद्यालयहरू आज २ बजेपछि बन्द
    images

    जनकपुरधाम । एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ ।उपमहानगरका वरिष्ठ उपसचिव मेहीलाल यादवले एक सूचना जारी गरी बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् ।

    आजदेखि सुरु हुन लागेको एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग मुल्तानमा खेल्दैछ । १५ औँ स्थानमा रहेको नेपालले पहिलोपटक एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहेको टिमसँग खेल्दैछ ।

    औपचारिक रूपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाललाई पाकिस्तानसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो। सन् २०१४ को टी-२० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठुलो प्रतियोगिता हो । टी-२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन । नेपालले २०२३ को एसिया कपमार्फत प्रतियोगितामा डेब्यू गर्दैछ।

     

    371143170_608971484728499_6945828988191967525_n_nuwvT3YUzE.jpg

    प्रकाशित मिति :भाद्र १३ २०८० बुधवार - १३:११:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij