Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको १५-औं संस्करण भदौ २६ देखि भृकुटीमण्डपमा ‘नाडा अटो सो २०२३’ हुने

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको १५-औं संस्करण भदौ २६ देखि भृकुटीमण्डपमा ‘नाडा अटो सो २०२३’ हुने


  • 2.5K
    Shares

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको १५-औं संस्करण भदौ २६ देखि भृकुटीमण्डपमा ‘नाडा अटो सो २०२३’ हुने
    images

    काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म,१५-औं संस्करण ‘नाडा अटो सो २०२३’  आयोजना गर्ने भएको छ । सोमवार नाडाले पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।

    नाडा अटो शो आयोजक समितिका सभापति अनुपकुमार बरालले प्रदर्शनीको १५ औं संस्करणमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा, टायर, प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन साथै राष्ट्रिय ब्राण्डको अटो सामाग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै नाडाका अध्यक्ष डा. ध्रुव थापाले अहिले मुलुकको आर्थिक अवस्थामा नाडा अटो सो गर्ने अनकुल समय नभए पनि व्यवसायिक गतिविधि बढाउनको लागि अटो सो गर्न लागिएको बताए ।

    देशको वर्तमान आर्थिक परिस्थिति र राष्ट्र बैंकले लगाएका विभिन्न प्रतिवन्धका कारण अटो मोबाइल्स व्यवसायी अहिलेको अवस्थामा पुगेको र करिव डेढ वर्ष यता भन्सारमा हजारौं गाडीहरु थन्किएर बसेको बताए । 

    अध्यक्ष थापाले काठमाडौं उपत्यकामा व्यवस्थित प्रदर्शनी नरहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल जरुरी भएको र सरकारले यसमा सोच्नुपर्ने बेला आएको बताए ।

    अघिल्लो सरकार को पालामा जनार्दन शर्मा अर्थमन्त्री रहेका वेला अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माणका लागि बजेट विनियोजन गरिए पनि कार्यान्वयनमा नआएकोले यस वारेमा लेख्न पनि मिडियाकर्मीहरुलाई आग्रह गरे ।

    एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भीडभाड कम गर्न एवं आगन्तुकको भ्रमणलाई सहज बनाउन महानगर यातायातको सहयोगमा सटल बस संचालन गरिने प्रेस विज्ञप्ती मा भनिएको छ, ।

    सोमवारदेखि नै खल्ती एप मार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको र भदौ २५ सम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्तीले २० प्रतिशत क्यास ब्याक अफर पनि दिएको छ ।

    ६ दिन चल्ने नाडा अटो सोको लगभग ७५ हजार आगन्तुकले अवलोकन गर्ने विश्वास आयोजकको छ, जसवाट  करिब २० अर्बको कारोबार हुने बताईएको छ ।

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १६:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij