Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

ओलीलाई सरकारले भन्यो : चुनावको वातावरण बनिसक्यो, सुरक्षाको अवस्था मजबुत छ

ओलीलाई सरकारले भन्यो : चुनावको वातावरण बनिसक्यो, सुरक्षाको अवस्था मजबुत छ


  • 806
    Shares

    ओलीलाई सरकारले भन्यो : चुनावको वातावरण बनिसक्यो, सुरक्षाको अवस्था मजबुत छ
    images

    काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित छलफल भएको छ । ओलीसँगल भेटेर निस्किएका सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनिसकेकोले एमाले पनि चुनावका लागि तयारी गरिरहेको बुझिएको बताए ।

    ‘मुख्य राजनीतिक दलको कार्यालयमै गएर पनि नेतासँग कुरा गरियो । राष्ट्रपतिले पनि छलफल शीर्ष नेतृत्वसँग कुरा गर्नु भयो,’ उनले भने, ‘सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ । सरकार पनि तयार छ । निर्वाचनमा भाग लिन आग्रह गर्न पनि म यहाँ आएको थिएँ ।’

    उनले ओलीले निर्वाचनको वातावरण बनिसकेकोमा शंका गरेको पनि बताए । ‘सुरक्षा कुरा राम्रो बनाउनुपर्‍यो भन्ने दलको भनाइ त राम्रो हो नि,’ खरेलले भने । चुनाव बहिष्कार गर्ने कुरा छैन । दल दर्ता भइसकेको छ । समन्वय र छलफल गरौँ भन्ने छ ।’

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १३:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij