Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको बैठक आह्वान


  • 750
    Shares

    प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको बैठक आह्वान
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी छन् ।

    आज प्रधानमन्त्री कार्कीले नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी हुन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शनिवार (भोली) बोलाइएको हो ।

    उक्त बैठकमा फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गरिने सचिवालयले जानकारी दिएको छ ।

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन् । उनले आजै प्रचण्डलाई पनि भेटेर निम्तो दिनेछन् ।

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १३:२२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij