२०८२ पौष ११ गते शुक्रवार
नेपाली कम्युनिष्ट पार्टीले झापाको पाँचवटै क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपाजिल्ला कमिटी झापाले उनीहरुको नाम सिफारिस गरेको हो ।
क्षेत्र नं ४ का लागि प्रत्यक्षतर्फ झलकसिंह दर्लामी (सन्देश), पुरुषोत्तम चुडाल, टिकेन्द्रप्रसाद चम्लागाँई (मनिष), अम्बिका उप्रेती र प्रतिक राजवंशी सिफारिस भएका छन् ।
जिल्ला कमिटी झापाले जेनजी तर्फबाट चम्लागाँईलाई सिफारिस गरेको छ । चम्लागाँई त्रिभुवन विश्वविद्यालयका विद्यार्थी नेता हुन् भने उनी विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् ।
उनी सामाजिक, शैक्षिक तथा राजनितिक विषयमा निरन्तर रुपमा आवाज उठाउँदै आएका छन् । उनी झापामा पनि सामाजिक कार्यमा सक्रिय छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij