Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

शाओमी प्याड ६ सँगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध

शाओमी प्याड ६ सँगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध


  • 2.6K
    Shares

    शाओमी प्याड ६ सँगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध

    काठमाडौँ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ।

    ४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी रहेको कम्पनीको भनाइ छ । साथै, आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्या बिना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ।

    इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन– वान सोल्युशन भएको कम्पनीले जनाएको छ ।  

    साथै भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ। शाओमीले  यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ।

    लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,“शाओमी प्याड ६ बजार मा ल्याउन पाउँदा हामी उत्सहित छौँ! हामीले सबैको जीवनलाई अझ राम्रो बनाउन सुविधाहरूले भरिपूर्ण डिभाइस ल्याउन कडा मेहनत गरेका छौ। यसको आकर्षक डिजाइन र शक्तिशाली क्षमताहरूका साथ, हामी विश्वस्त छौं कि शाओमी प्याड ६ सबैको मनपर्ने नयाँ ग्याजेट हुनेछ।”

    प्रकाशित मिति :भाद्र ११ २०८० सोमवार - १६:२४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij