२०८२ माघ ८ गते बिहिवार
एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान गएका छन्।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज बिहान पाकिस्तान उडेका हुन्। उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए।
बलात्कार मुद्दा खेपिरहेका लामिछाने आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएका थिएनन्।
तर हिजो पेसीमा चढे पनि मुद्दाको सुनुवाइ सुरु नभएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन्। राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य भने भदौ ५ गते नै पाकिस्तान पुगिसकेका छन्।
नेपालले पर्सि १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij