Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माण्डु हाइड्रोपावरले खुलायो प्रिमियम मूल्यमा आईपीओ, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

माण्डु हाइड्रोपावरले खुलायो प्रिमियम मूल्यमा आईपीओ, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?


  • 4.3K
    Shares

    माण्डु हाइड्रोपावरले खुलायो प्रिमियम मूल्यमा आईपीओ, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ । सर्वसाधारणका लागि माण्डु हाइड्रोपावरले आजदेखि प्रिमियम मूल्यमा आइपिओ निष्कासन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बाँडफाँड गरिसकेको छ ।

    सर्वसाधारणलाई १०० रुपैयाँ अंकित सेयरमा १०६ रुपैयाँ प्रिमियम मूल्य थपेर आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशतले हुन आउने सेयर बिक्री गर्ने योजना बनाएको छ ।

    कम्पनीले आजदेखि स्थानीयमा बिक्री नभएको सेयरसहित गरी १३ लाख ६ हजार ३०६ कित्ता सेयर बिक्री गर्न थालेको जनाएको छ । यसमध्ये कर्मचारीलाई २८ हजार ८५३ कित्ता सेयर छुट्याइएको छ भने सामूहिक लगानी कोषलाई ७२ हजार १३३ कित्ता सेयर छुट्याइएको छ ।

    बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार ७३० कित्ता सेयर बिक्री खुलाएको थियो । तर, ७९ हजार कित्ता सेयर भने बिक्री भएको थिएन ।
     

     

    प्रकाशित मिति :भाद्र १० २०८० आइतवार - १२:५१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij