Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

लामो दाह्री बनाएर एक महिलाले राखिन् विश्व कीर्तिमान

लामो दाह्री बनाएर एक महिलाले राखिन् विश्व कीर्तिमान


  • 2.8K
    Shares

    लामो दाह्री बनाएर एक महिलाले राखिन् विश्व कीर्तिमान

    काठमाडौँ । पुरुषहरुले दाह्री जुँगा पालेर अनेकथरी रेकर्ड कायम गर्नु स्वभाविकै हो । तर अमेरिकामा एकजना महिलाले लामो दाह्री पालेर गिनिज बुकमा नाम लेखाएकी छिन् ।

    ३८ वर्षकी एरिन हनिकट अमेरिकाको मिशिगनमा बस्छिन् । गिनिज वर्ल्ड रेकर्डका अनुसार हनिकटले दुई वर्षको अवधिमा ११.८१ इन्च लामो दाह्री बनाएर विश्व कीर्तिमान कायम गरेकी हुन् । 

    विश्वकै सबैभन्दा लामो दाह्री भएकी महिलाको रुपमा उनको नाम गिनिज बुकमा दर्ज भएको छ । यो सँगै उनले ७५ वर्षीया भिभियन ह्वीलरको रेकर्ड भंग गरेकी छिन् । भिभियनको दाह्री १०.०४ इन्च लामो थियो ।

    समाचार अनुसार हनिकटको दाह्री पूर्णरुपमा प्राकृतिक हो र दाह्री बढाउनका लागि उनले कुने हर्मोन वा सप्लिमेन्ट लिएकी छैनिन् । हनिकटलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम नामक रोग छ । जसका कारण उनका दाह्रीजुँगा पलाएका हुन् । 

    वास्तवमा हर्मोनको असन्तुलनका कारण यो स्वास्थ्य समस्या पैदा हुन्छ । यसले महिलामा अनियमित रजश्वला, शरीरमा अनावश्यक रौँ पलाउने, वजन बढ्ने जस्ता समस्या देखा पर्दछन् ।

    १३ वर्षकी छँदादेखि नै उनको अनुहारमा दाह्रीजुँगा पलाउन सुरु गरेका थिए । त्यसबाट छुटकारा पाउनका लागि उनले खौरने तथा वाक्सिंग गर्ने लगायतका अनेक उपाय अपनाइन् । उनले दिनमा तीन पटकसम्म खौरिने गर्थिन् । 

    आफ्नो किशोरावस्था देखि यौवनावस्था सम्मै उनले यस्तो जारी राखिन् । तर उच्च रक्तचापका कारण भएको स्ट्रोकले आँखाको ज्योति आंशिक रुपमा गुमेपछि उनको जीवनको नयाँ मोड सुरु भयो । 

    उनले आफ्नो शरीर तथा आफ्नो विषम परिस्थितिलाई स्वीकार गर्ने अठोट गरिन् अनि आफ्नो दाह्री खौरिन छाडेर बढ्न दिइन् ।

    प्रकाशित मिति :भाद्र ५ २०८० मंगलवार - १२:५७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij