Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विश्वकप फुटबल विजेता: शुक्रबार बुबाको निधन आइतबार छोरीको कीर्तिमान

विश्वकप फुटबल विजेता: शुक्रबार बुबाको निधन आइतबार छोरीको कीर्तिमान


  • 2.9K
    Shares

    • images
    विश्वकप फुटबल विजेता: शुक्रबार बुबाको निधन आइतबार छोरीको कीर्तिमान
    images

    काठमाडौं । स्पेनलाई महिला विश्वकप फुटबल विजेता बनाउन एक मात्र निर्णायक गोल गरेकी कप्तान ओल्गा कार्मोनाका बुबाले विश्वकप फाइनलको दुई दिनअघि मात्रै निधन भएको थियो ।

    तर आइतबार विश्वकपको फाइनलमा इंग्ल्याण्डविरुद्ध टिमको नेतृत्व गरेर मैदान उत्रिएकी उनलाई त्यसको छनक थिएन ।

    खेलको पहिलो हाफमा निर्णयक गोल गरेकी उनले विश्वकप जितेको खुसी मनाएपछि मात्रै आफ्ना पिताको निधनको समाचार सुनिन् ।

    स्पेनिस मिडिया रेलिभोको अनुसार, उनका आमा र परिवारले विश्वकपमा गएकी ओल्गाको ध्यान नबिग्रियोस् भनेर उनलाई बुबाको मृत्युको खबर दिएका थिएनन् ।शुक्रबार बुबाको निधन भए पनि उनका दाजु आमालाई लिएर विश्वकप फाइनलको दिन उनको हौसला बढाउन अष्ट्रेलिया पुगेका थिए ।

    रोयट्र्सका अनुसार उनका बुवा लामो समयदेखि बिरामी थिए ।

    २३ वर्षीय ओल्गाले बाबुको निधन भएकोथाहा पाएपछि सामाजिक सञ्जालमा लेखिन्, ‘मलाई थाहा छ तपाईंले मलाई हिजो बेलुका हेर्नुभयो । तपाईंलाई म माथि गर्व भयो होला, तपाईंको आत्माले शान्ति पाओस् बुबा ।’

    उनले त्यसैमा थप्दै लेखिन्, ‘मलाई थाहा थिएन । खेल सुरु हुनअघि नै मेरो लागि एउटा चम्किलो ताराले मलाई केही विशेष पाउन शक्ति दिइरहेको थियो ।’

    स्पेनिस फुटबल संघ (आरएफईएफ)ले पनि उनको बुवाको निधनमा सहानुभुति जनायो । ‘फुटबलमा एक खुसी थपिँदैगर्दा एक दुखद खबर पनि सुनियो, हामी ओल्गा र ओल्गाको परिवारप्रति हार्दिक सहानुभुति प्रकट गर्दछौं । ओल्गा तिमीलाई धेरै माया, तिमी स्पेनिस फुटबलको इतिहास हौं ।’

    त्यस्तै उनको क्लब रियल मड्रिडले पनि उनलाई बुवाको मृत्युपश्चात समवेदना प्रकट गरेको छ । आफ्नो बुबाको मृत्युको बारेमा अनभिज्ञ उनले विश्वकप फाइनलमा गोल गरेपछि उनले आफ्नो माथिको जर्सी उचाली एक नाम देखाएकी थिइन् ‘मिर्ची’ ।

    खेलसकेपछि उनले त्यो नाम एक जना आमा गुमाएकी साथीका लागि समवेदना भएको बताएकी थिइन् । जतिबेला उनले साथीलाई समवेदना दिएकी थिइन्, त्यतिबेला उनी आफैं पिता गुमाएको शोकमा थिइन् ।

    प्रकाशित मिति :भाद्र ४ २०८० सोमवार - १२:५८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij