Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

पाकिस्तामा इन्धन बोकेको गाडीसँग यात्रुवाहक बस ठोक्किँदा, २० जनाको मृत्यु

पाकिस्तामा इन्धन बोकेको गाडीसँग यात्रुवाहक बस ठोक्किँदा, २० जनाको मृत्यु


  • 2.6K
    Shares

    पाकिस्तामा इन्धन बोकेको गाडीसँग यात्रुवाहक बस ठोक्किँदा, २० जनाको मृत्यु

    पाकिस्तान । पाकिस्तानको पञ्जाबमा यात्रीबसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ। भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । 

    पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको हाफिजाबाद जिल्लामा आज बिहान यात्रुवाहक एउटा बसले इन्धन बोकेको अर्को गाडीलाई ठक्कर दिँदा यात्री बासमा आगो सल्केको थियो । 

    फैसलाबाद टोल प्लाजाको राजमार्गमा बिहान सबेरै भएको दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरूलाई स्थानीय अस्पताल पुर्‍याएका थिए । उद्धार सेवाका अधिकारीका अनुसार बसमा करिब ४० यात्रु सवार थिए ।

    दुर्घटनाग्रस्त बस देशको दक्षिणी बन्दरगाह शहर कराँचीबाट संघीय राजधानी इस्लामावादतर्फ गइरहेको थियो । दुवै सवारी साधनका चालक दुर्घटनामा मारिएका छन् । 

     

    प्रकाशित मिति :भाद्र ३ २०८० आइतवार - १६:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij