Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नर्भिकले भित्र्यायो दुई अनुभवी चिकित्सक

नर्भिकले भित्र्यायो दुई अनुभवी चिकित्सक


  • 2.3K
    Shares

    • images
    नर्भिकले भित्र्यायो दुई अनुभवी चिकित्सक
    images

    काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप दुई अनुभवी विशेषज्ञ चिकित्सकहरुले ओपिडी सेवा थालेका छन् । 

    वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा.डा. मीरा बिष्ट र मधुमेह विशेषज्ञ डा. किरण आचार्यले नर्भिक हस्पिटलमा ओपिडी सेवा थालेका हुन् । 

    डा. बिष्ट नर्भिकमा अब हरेक साताको आइतबारदेखि शुक्रबारसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि १०ः३० बजेसम्म ओपिडीमा उपलब्ध हुनेछिन् । 

    यस्तै, डा. आचार्य प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म हरेक दिन बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म नर्भिक अस्पतालमा रहनेछन् । 

    डा. बिष्ट प्रोफेसर पनि हुन् । उनीसँग आफ्नो क्षेत्रको निकै लामो अनुभव रहेको छ । यस्तै, डा. बिष्ट पछिल्लो समय रुचाइएका मधुमेह विशेषज्ञ हुन् । 

    दुवै चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए । 

    प्रकाशित मिति :श्रावण ३२ २०८० बिहिवार - १३:४१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij