Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

काहालिलाग्दो सपना किन देखिइन्छ, यस्ता हुन्छन् मृत्युसँग जोडिएका सपनाका शुभ र अशुभ फलहरु !

काहालिलाग्दो सपना किन देखिइन्छ, यस्ता हुन्छन् मृत्युसँग जोडिएका सपनाका शुभ र अशुभ फलहरु !


  • 10.1K
    Shares

    काहालिलाग्दो सपना किन देखिइन्छ,  यस्ता हुन्छन् मृत्युसँग जोडिएका सपनाका शुभ र अशुभ फलहरु !
    images

    हामी सुतिरहेको समयमा हाम्रो अर्धचेतन मस्तिष्कमा कुनै न कुनै कुराहरु चलिरहेको हुन्छ र यसलाई नै हामी सपना भन्ने गर्छौ । सामान्यतय सपनाहरु हाम्रो जीवनमा घट्ने दैनिक घटनाहरुसँग सम्बन्धित हुन्छन् । तर कहिलेकाहिँ हामी त्यस्ता सपनाहरु पनि देख्छौं जो हामीसँग कहिले पनि सम्बन्धित हुँदैनन् । त्यस किसिमका सपनासँग तुलना गरेर आगामी बताउँछन् ।

    त्यस्ता सपनाहरु मृत्युसम्बन्धि पनि हुन्छन् जुन एकदमै भयावह हुने गर्छन् तर, सपना जति भयावह हुन्छ त्यस्को अर्थ सधै त्यत्तिकै भयावह हुन्छ भन्ने हुदैँन । सामान्य सपनाको अर्थ भयावह पनि हुन सक्छ ।

    सपनामा यदि तपाई आफ्ना कोहि मृत भैसकेका वृद्ध या आफन्त देख्नुहुन्छ तब यसले तपाईको मनकामना निकट भविष्यमा पूरा हुने अर्थ दिन्छ ।

    त्यस्तै यदि सपनामा तपाई आफ्नै मृत्यु देख्नुहुन्छ भने यसले तपाईको जीवनमा लामो समयदेखि चलिरहेको समस्या या संघर्षको अन्त्य भई नयाँ सुरुवात हुन लागेको संकेत गर्दछ ।

    साथै आत्महत्या देख्नुहुन्छ भने त्यसको अर्थ जीवनका समस्याहरुलाई समाधान गर्ने समय आएको हुन्छ ।

    त्यस्तै सपनामा कुनै मरेको व्यक्तिको आत्मा या भूत देख्नुहुन्छ भने यसले तपाईको भविष्यमा समस्या आउन लागेको र तपाईले घाटाहरु उठाउनुपर्ने संकेत गर्दछ ।

    सपनामा कसैको हत्या भएको देख्नुहुन्छ भने त्यसले भविष्यमा तपाईको कुनै नजिकको मान्छेले तपाईलाई धोका दिन लागेको जनाउँछ ।

    सपनामा कसैको लाश या अर्थी सजाएको देख्नु एकदमै शुभ मानिन्छ । अझ रोगी मानिसहरुले यस्तो सपना देखेमा उनीहरु चाढै नै ठिक हुने संकेत मानिन्छ ।

    मरेका मानिसले सपनामा तपाईलाई केहि खानेकुराहरु दिन्छ भने यसको अर्थ तपाईको चाँढै नै कुनै मनोइच्छा पुरा हुन्छ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७७ बुधवार - १२:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij