Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

१३ वर्षकी बालिका बलात्कारको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ

१३ वर्षकी बालिका बलात्कारको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ


  • 6.0K
    Shares

    • images
    १३ वर्षकी बालिका बलात्कारको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ

    गोरखा । १३ वर्षकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा गोरखा फुजेलका ८७ वर्षका बृद्ध पक्राऊ परेका छन् । गण्डकी गाऊँपालिका वडा नम्वर ४ सिमलखण्डका ८७ वर्षीय केदारप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    गोठालो जाँदा वृद्ध देवकोटाबाट बलात्कारको शिकार हुने गरेको भन्दै पिडितकी ठुलीआमाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

    फागुन १६ गते परिवारले प्रहरीमा दर्ता गराएको जाहेरीका आधारमा पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    बृद्धविरुद्ध जिल्ला अदालत गोरखामा जवरजस्ती करणी मुद्धा दर्ता गरि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १५:५१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij