Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु


  • 344
    Shares

    • images
    ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाकाे मृत्यु

    काठमाडौं । हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

    भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।

    अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।

     

     

     

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - ११:०७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij