Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जिम नगइ तौल घटाउन चाहनुहुन्छ ? गर्नुस् यी कसरत

जिम नगइ तौल घटाउन चाहनुहुन्छ ? गर्नुस् यी कसरत


  • 3.1K
    Shares

    • images
    जिम नगइ तौल घटाउन चाहनुहुन्छ ? गर्नुस् यी कसरत
    images

    काठमाडौँ । अहिले धेरै मानिस बढिरहेको तौलबाट समस्यामा छन् । वा भनौं सबैलाई आफ्नो मोटोपन घटाउने चिन्ता छ । तर धेरैलाई जिम वा पार्क जानका लागि समय पनि हुँदैन । त्यस्तो अवस्थामा घरमै केही एक्सरसाइजहरु गर्नु सबैभन्दा राम्रो विकल्प हो ।

    यसरी घरमै पनि केही कसरत गरेर तौल कम गर्न सकिन्छ:

    स्किपिंग

    घरमै डोरी खेलेर पनि सजिलै तौल कम गर्न सकिन्छ । यो एकदमै राम्रो कार्डियो एक्सरसाइज हो । यसले क्यालोरी पनि धेरै बर्न गर्छ । साथमा यो मुटु तथा रक्तसञ्चारका लागि पनि राम्रो मानिन्छ ।

    नृत्य

    नाच्नु एकदमै राम्रो तथा रमाइलो कसरत हो । तपाईं घरमै एरोबिक्स पनि कोसिस गर्न सक्नुहुन्छ । यस डान्स फर्ममा नाच्दा एकदमै छिटो क्यालोरी कम हुन थाल्छ ।

    स्ट्रेचिङ

    त्यस्तै घरमै स्ट्रेचिङ गर्न पनि एकदमै सजिलो हुन्छ । जिममा पनि कसरतको शुरुआत स्ट्रेचिङबाटै गर्नुपर्ने हुन्छ । यसले मानिसका मसल्सहरु खुल्छन् जसले अन्य कसरत गर्न सजिलो हुन्छ ।

    स्क्वाट्स

    स्क्वाट्स एकदमै राम्रो कसरत हो । यो कसरतले पनि तौल कम गर्न एकदमै राम्रो सहयोग गर्छ । तपाईं केही तौल समातेर पनि स्क्वाट्स गर्न सक्नुहुन्छ ।

    प्ल्यांक

    प्ल्यांकले पनि शरीरको तौल कम गर्न एकदमै सहयोग गर्छ । यसले फ्याट बर्निङ प्रक्रियालाई तीव्र बनाउँछ । तपाईंले प्ल्यांकको समय बढाउँदै लग्न सक्नुहुन्छ । एजेन्सी

     

    प्रकाशित मिति :श्रावण १२ २०८० शुक्रवार - १५:१२:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij