२०८२ फाल्गुण २३ गते शनिवार
उत्तरी मेक्सिकोमा मदिराले मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शनिबार उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आक्रमणमा सात जना पुरुष र चार जना महिलाले ज्यान गुमाएका छन्।
मदिराले मातेको एक अपरिचित व्यक्तिले आफूलाई बारका कर्मचारीले निकालेको झोकमा बारमा आगो झोसेको सोनोरा महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ। रक्सीले लठ्ठ उसले बारमा रहेका महिलालाई अभद्र व्यवहार गरेपछि उसलाई बारबाट निकालिएको थियो।
अपराधी पत्ता लगाउन सङ्घीय, स्थानीय र नगरपालिकाको समन्वयमा मन्त्रालयको अपराध अनुसन्धान निकाय र विज्ञ सेवाले घटनास्थलमा काम गरिरहेको जनाइएको छ।
सान लुइस रियो कोलोराडोका मेयर सान्तोस गोन्जालेज येस्कासले आक्रमणलाई दुःखद घटना भन्दै नागरिक सुरक्षा कार्यालय र नगरपालिकाका अग्नि नियन्त्रकरूले अनुसन्धानमा सहयोग गरिरहेका बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij