२०८२ भाद्र १ गते आइतवार
आफैं अध्यक्ष भएर पार्टीका बाँकी कामहरुलाई व्यवस्थित बनाउदै लाने कुरामा सहयोग गर्नुको सट्टा अस्तव्यस्त बनाउने, सरकारमा बसेर देखिने कुनै काम गर्नुभन्दा जालझेल र षडयन्त्रमै रमाउने अनि दम्भ र घमण्डले चूर भएर बस्ने प्रधानमन्त्री केपी शर्मा ओली र तिनका नन्दीभृंगीले पार्टीमा हामी बाहेक अरु पनि छन् भन्ने सोच राख्न सक्नुपथ्र्यो । तर यो देशका नेकपा नेताहरु जो अहिले सरकारमा छन्, उनीहरु सबै ओलीलाई सुझाव दिन नसक्ने निमुखा ठहरिए ।
राज्य अपराधको सहयात्री बन्दा मन्त्रीहरुको पद त जोगियो तर पार्टीको प्रतिष्ठा भने धुलिसात् भयो । अपराधीहरुलाई मुलुकको राजश्व खर्च गरेर पाल्नु र लाज नभएका नकचराहरुलाई सामाजिक काममा खटाउनु एकै हो । प्रम केपी ओलीले त्यही गरे, नालायकहरुलाई लाज भएन । उनीहरुलाई सत्ताच्यूत गर्ने दायित्व पार्टी हाँक्ने नेताको हो । तर मूर्खको अगाडि दैव डराउनुपर्ने उखानको भुक्तभोगी अहिलेको नेकपा बनिरहेको छ ।
जसले देश जनताको आशय बुझ्दछन्, तिनलाई थाहा छ, ओलीबिना नेपालको शासन चल्दैन भन्ने कुरा झूठ हो । यो सरकार बिना गणतन्त्र, र संघीयताको संरक्षण हुँदैन भन्ने पनि होइन । अझ यो सरकारको माउते त अहिलेपनि गणतन्त्रको विरोधी न हो भन्ने सकिन्छ । उनका सन्ड मुसन्डको मुखबाट यस्ता कुरा उनै ओलीबाट ओकलिएको नै छ । त्यसैले अहलिे यहाँ संघीयतामाथि खतरा पैदा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यो खतराका नायक बन्दैछन् । राष्ट्रमा महामारी चलेको छ । ‘जनताको सरकार’ले जनताको स्वास्थ्यमा खेलवाड गरेको छ । प्रधानमन्त्री ओलीले आफू बिना राज चल्दैन भन्ने मनसाय लिएर जताततै अराजकता र अहंकार प्रदर्शन गरिरहेका छन् । उनका दलालहरुको भावना त्यही छ । चरित्र उस्तै छ । यो भद्रगोल चम्काउन ओलीलाई राजा बनाउने मात्र कि ? विचार, सिद्धान्त, बलिदान, संघर्ष र योगादन त्यागेर नेकपा माओवादी एमालेसँग एकता गरेको पुष्टि गर्ने ? यसको दायित्व अध्यक्ष प्रचण्डको काँधमा थपिएको छ ।
त्यसो त मक्किएको जबजले सत्तामा पुगेर देश लुट्न छुट दिएकाले ओली पथ जागेको हुनुपर्दछ । जबजलाई लोकतान्त्रिक गणतन्त्रको मुल पक्ष मान्ने हो भने वर्तमान सरकारले खडा गरेका विकृति र विसंगतिको जिम्मा पनि त्यही जबज र प्रधानमन्त्रीका नाताले ओलीले लिनु पर्दछ । पार्टी एकता गर्दा २१औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादलाई खिचडी बनाएर विधानमा घुसाइएको जनताको जनवाद स्वीकार्नै नसक्ने अवस्था ओली समूहलाई कसरी आयो ? वर्तमान सरकार नेकपाको हो भन्न अब त लाज भइसक्यो । तर पनि ओली पथका धुन्धकारी समूह पार्टी विभाजनलाई जोड दिँदैछ । सरकारका कामले कार्यकर्ताको समेत शिर झुकेको बेला प्रदेश १ मा मदन भण्डारी फाउन्डेसनमार्फत् जबजको प्रचार गर्नु पार्टी फुटाउने ओलीको षडयन्त्र हो भन्न गाह्रो छैन ।
पार्टी सचिवालयको बैठकमा समेत प्रधानमन्त्री ओलीले उपस्थिति जनाएनन् । कार्यकारी अध्यक्षको नाताले पुष्पकमल दाहालबाट सो बैठक आयोजना गरिएको हो । जबकि बैठकलाई औपचारिक मानिएको थिएन । अहिले देखा परेका विवादका बारेमा छलफल गर्नका निम्ति बोलाइएको बैठकमा प्रधानमन्त्रीको नाताले ओली सहभागी नहुनु आफैंमा अनौठो होइन । एउटा पार्टी विधानको सीमामा चल्नु पर्दछ । राज्यसत्ता चलाउँदा त्यसको मुल लक्ष्य आदर्श, नीति र सिद्धान्तभित्र हुन्छ तर यहाँ अराजकता फैलाउने बाहेक केही भएन ।
प्रम निवास बालुवाटर गुटबन्दी र अराजकताको घर बनेको छ तर त्यसो नहुनुपर्ने हो । त्यो सत्य त्यहाँका सहभागीहरुले स्वीकार्नु पर्दछ । भोलि पछुताउनु पर्ने अवस्था आउन दिनु पनि हुँदैन । देश र जनता केन्द्रमा छैन भने को कता कसरी परिचालित हुन्छ भन्ने निश्चित हुँदैन । ओलीले पार्टीको सिद्धान्त र पद्दति मात्रै होइन कम्युष्टिको सिद्धान्त र आचरणलाई समेत ख्याल गरेका छैनन् । प्रम ओली आफैं राज्य, आफैं ठूलो हुँ भन्ने अहंकार देखाउँदै गए भने स्थिति सहज हुने देखिँदैन किनकि सात समुद्र पारीको अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसी जस्ता परियोजनाका कारण फालेर ओली पथलाई कुनै पनि दिन नंग्याउने छ ।
विश्व राजनीति हेर्ने हो भने पनि यस्तो अहंकार प्रदर्शन गर्नेहरुको पराजय निश्चित रहेछ भन्ने कुरा जारी अमेरिकी मत गणनामा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको जनभावनाले पुष्टि गर्दछ । उनले राष्ट्रपति भएदेखि आफूलाई सो पदमा पु¥याउने पार्टीलाई समेत महत्व दिएनन् । आफ्ना पार्टीका सांसदहरुसँग उनको शुरुदेखिनै राम्रो थिएन । ट्रम्पकै पालामा अमेरिकाले छिमेकी देशहरुसँग वैमनस्यताको अवस्था झेलिरहेको कुरालाई नेपालका राजनीतिज्ञहरु मुख्यतः प्रम केपी ओलीले बिर्सन मिल्दैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij