२०८२ कार्तिक १८ गते मंगलवार
भारत । भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा १५ जनाको मृत्यु भएको छ । उत्तराखण्ड राज्यमा बुधवार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । अन्य छ जना गम्भीर घाइते भएका भारतीय प्रहरीले जनाएको छ ।
उत्तराखण्डको राजधानी देहरादुनबाट करिब २६६ किलोमिटर पूर्वमा पर्ने चमोली जिल्लाको अलकनन्दा नदीमा रहेको पुलमा विद्युत् आपूर्ति गर्न आयोजना स्थलमा राखिएको ट्रान्सफर्मर विस्फोट भएको थियो ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij