Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या

मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या


  • 2.4K
    Shares

    मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या
    images

    काठमाडौं । मेक्सिकोमा अपराधसम्बन्धी रिपोर्ट गर्ने पत्रकारको हत्या भएको छ । शनिबार नेल्सन म्याटुस नामका पत्रकारको हत्या भएको जर्मनीको विश्व च्यानल डीडब्ल्यूले उल्लेख गरेको छ ।

    मेक्सिकोको पर्यटकीय क्षेत्र आकापुल्कोमा शनिबार नेल्सनको गोली हानी हत्या गरिएको हो । पत्रकार नेल्सन आफ्नो कारमा यात्रा गर्ने क्रममा हत्या गरिएको बताइएको छ ।

    पत्रकारितामा डेढ दशक बिताएका नेल्सनले मेक्सिकोको अपराध क्षेत्रमा प्रभावशाली रिपोर्टिङ गरेको डीडब्ल्यूले उल्लेख गरेको छ । मेक्सिकोमा रेड जर्नलिजम भनेर चिनिने अपराध, हिंसा र विपत्तबारेमा नेल्सनले रिपोर्ट गरेका थिए ।

    नेल्सनको हत्या हुनु एक हप्ता अगाडि मेक्सिकोमा एक अर्का व्यवसायिक पत्रकार लुइस मार्टिन सान्चेसको पनि हत्या भएको थियो । मेक्सिको पत्रकारको लागि धेरै असुरक्षित देश मानिन्छ । पछिल्ला २३ वर्षमा १५० पत्रकारहरुको हत्या गरिएकोमा गत वर्षमात्रै १३ पत्रकार मारिएको मेक्सिको सरकारको तथ्यांक भएको डीडब्ल्यूले उल्लेख गरेको छ ।

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १७:२१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij