२०८२ कार्तिक १८ गते मंगलवार
चीनमा बालबालिकालाई जहर खुवाएर मार्न खोज्ने एक शिक्षिकालाई फाँसी दिइएको छ। जियाओजुओस्थित मेङमेङ प्रिस्कूलकी ३९ वर्षीया वाङ युन नामकी शिक्षिकाले जहर दिएर मार्न खोजेको आरोपमा फाँसी दिइएको डेलीमेलले जनाएको छ।
चीनमा बालबालिकालाई जहर खुवाएर मार्न खोज्ने एक शिक्षिकालाई फाँसी दिइएको छ। जियाओजुओस्थित मेङमेङ प्रिस्कूलकी ३९ वर्षीया वाङ युन नामकी शिक्षिकाले जहर दिएर मार्न खोजेको आरोपमा फाँसी दिइएको डेलीमेलले जनाएको छ।
घटना २७ मार्च २०१९ को हो। २५ बालबालिकालाई ती किन्डरगार्टेन शिक्षिकाले खाजा खुवाएपछि २३ जनालाई उल्टी भई अवस्था जटिल बनेको थियो। जसमध्ये एक जना बालकको सोही घटनामा मृत्यु समेत भएको थियो। पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा युनले खाजामा जहर मिसाएको खुलेको थियो। स्कुलकी अर्की कर्मचारीसँग भएको झगडापछि ती कर्मचारीलाई फसाउने उद्देश्यका साथ युनले खाजामा सोडियम नाइट्राइट मिसाएकी थिइन्।
सोही आरोपमा जियाओजु अदालतले उनलाई सेप्टेम्बर २०२० मा फाँसीको सजाय सुनाएको थियो।शुक्रबार अदालतले उनलाई फाँसी दिएको पुष्टि गरेको डेलीमेलले लेखेको छ। घटना २७ मार्च २०१९ को हो। २५ बालबालिकालाई ती किन्डरगार्टेन शिक्षिकाले खाजा खुवाएपछि २३ जनालाई उल्टी भई अवस्था जटिल बनेको थियो। जसमध्ये एक जना बालकको सोही घटनामा मृत्यु समेत भएको थियो।
पछि प्रहरीले गरेको अनुसन्धानका क्रममा युनले खाजामा जहर मिसाएको खुलेको थियो। स्कुलकी अर्की कर्मचारीसँग भएको झगडापछि ती कर्मचारीलाई फसाउने उद्देश्यका साथ युनले खाजामा सोडियम नाइट्राइट मिसाएकी थिइन्।
सोही आरोपमा जियाओजु अदालतले उनलाई सेप्टेम्बर २०२० मा फाँसीको सजाय सुनाएको थियो।शुक्रबार अदालतले उनलाई फाँसी दिएको पुष्टि गरेको डेलीमेलले लेखेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij