२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले साउन ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्ने भएको हो । उक्त आइपिओमा प्रतिकित्ता ५० रुपैयाँ अंकित दरले आवेदन दिन सकिन्छ ।
कति कित्ता ?
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्नेछ ।
मूल्य कति ?
उक्त आईपीओको प्रतिकित्ता अंकित मूल्य ५० रूपैयाँ तोकिएको छ ।
कति दिने आवेदन ?
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम २० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । २० कित्ताभन्दा बढीको आवेदन दिन चाहेमा २० अंकको गुणाङ्कको आधारमा दिनु पर्नेछ । आईपीओ बाँडफाँड गर्दा पनि न्युनतम २० कित्ता नै बाँडफाँड हुनेछ। यद्यपी सबै आवेदकलाई न्युनतम २० कित्ता आईपीओ बाँडफाँड गर्न नपुग्ने भएमा गोलाप्रथाबाट बाँडफाँड गरिनेछ ।
को हो बिक्री प्रबन्धक ?
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरोसेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणलाई कहिले ?
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij