Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेमा सामान्य गिरावट, २ अर्ब बराबरको कारोबार

नेप्सेमा सामान्य गिरावट, २ अर्ब बराबरको कारोबार


  • 2.4K
    Shares

    नेप्सेमा सामान्य गिरावट, २ अर्ब बराबरको कारोबार

    काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि घट्न थाले पनि दिउँसो १ बजेदेखि सामान्य सुधार आएको थियो । पुन: घट्दै परिसूचक ४.७३ अंकले घटेर बन्द भएको हो । यो ०.२३ प्रतिशतको गिरावट हो ।

    आज २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, परिसूचक घट्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ वटा कम्पनीको सेयर मूल्यमा भने सुधार आएको छ । यसबाहेक ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

    परिसूचक घटेपनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सुधार आएको छ । आज हिमालयन पावर पार्टनर, एनआईबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट, लिबर्टी इनर्जी कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य समेत ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यता सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्य भने ५.९६ प्रतिशतले घटेको छ ।

    आज नेप्सेमा कारोबार भएका ४ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचक घटेको छ । विकास बैंक, वित्तस समूह, उत्पादनमूलक र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो ।



    प्रकाशित मिति :आषाढ २६ २०८० मंगलवार - १४:३०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij