Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अति सोच्नु पनि एक बिरामी हो ?

अति सोच्नु पनि एक बिरामी हो ?


  • 2.2K
    Shares

    • images
    अति सोच्नु पनि एक बिरामी हो ?
    images

    काठमाडौँ । के तपाईं पनि कुनै कुराको बारेमा धेरै सोच्नुहुन्छ ? कहिलेकाहीं कुनै पनि कुराको बारेमा धेरै सोच्दा दिक्क लागेको महसुस गर्नुभएकै होला । सानो सानो कुरामा पनि धेरै सोच्ने बानीले तपाईंलाई हैरान बनाएको हुन सक्छ ।

    यो व्यक्तिमा भर पर्छ कि उसले कुन कुरालाई बढी महत्त्व दिन्छ । कोही सानो कुरालाई सामान्य रूपमा लिन्छन् भने कोही त्यही सानो कुराको बारेमा लामो समय सोचिरहन्छन् ।

    के हो अति सोचाइ अर्थात् ‘ओभर थिङकिङ’?

    मानिसले कुनै पनि काम गर्नुअघि वा निर्णय लिनुअघि सोच्छन् जुन सही पनि हो । धेरै सोच्ने भएकाले नै मानिस अन्य प्राणीभन्दा अघि छ । यो मानिसको स्वाभाविक स्वभाव हो, तर जब यो स्वभावले सीमा नाघेको हुन्छ, त्यसलाई ‘ओभर थिङकिङ’ भनिन्छ ।

    ‘ओभर थिङथिङ’ आफैंमा नराम्रो होइन । धेरै सोच्दा समाज परिवार र व्यक्तिलाई कुनै कुरा फाइदा हुन्छ भने त्यो त राम्रो हो । चाहिनेभन्दा धेरै सोचेर नै मानिस अरू प्राणीभन्दा अगाडि पुगेका हुन् ।

    व्यक्तिले कुनै कुराको बारेमा धेरै सोच्छ, गहिरो सोच्छ भने त्यो समस्या होइन । साहित्यकारहरूले सानो कुरामा पनि धेरै सोचेर नै राम्रो साहित्य सिर्जना गरेका हुन् । तर कुनै पनि सोचाइले फाइदा नगरी त्यसले नोक्सान गर्छ भने त्यो ‘ओभर थिङकिङ’ चाहिनेभन्दा धेरै सोचाइ हो ।

    ओभर थिङकिङको लक्षण

    -आफूसँग भएको नराम्रो क्षणलाई बारम्बार सम्झिरहने

    -एउटै कुरा सोचिरहँदा राम्ररी निद्रा नलाग्ने

    -पुरानो कुराहरू पनि याद आइरहने

    -कसैले केही कुरा भन्यो भने त्यो कुरालाई मनमा लिएर सोचिरहने

    -केही कुराको चिन्ता लिन्नँ भन्दाभन्दै पनि चिन्ता लाग्नु

    अति सोचाइले निम्तिन सक्ने समस्या

    चाहिनेभन्दा धेरै सोच्यो भने दिमागमा भार पर्छ । धेरै सोच्ने बानीले तनाव दिन सक्छ । साथै धेरै सोच्ने समस्याले मानसिक रोगी बनाउन सक्छ ।

    धेरै सोच्दा ‘अबसेसिभ कमप्लेसिभ डिसअर्डर’, ‘एन्जाइटी डिसअर्डर ’, र विचार विकार ‘थट डिसअर्डर’ जस्ता मानसिक समस्या देखा पर्न सक्छ ।

    अति सोचाइबाट बच्ने उपाय

    केही गलत चीजको बारेमा बारम्बार सोचिरहनु भएको छ भने त्यसबाट दिमाग विचलित गर्न मन पर्ने काम गर्नुपर्छ । कुनै पनि गतिविधि गर्नुहोस् जसले आनन्दित बनाउँछ । भान्साको नयाँ सीप सिक्नुहोस् । चित्रकला, संगीत सुन्नुहोस्, नृत्य गर्नुहोस् । यसले दिमागलाई आराम दिनेछ र अनावश्यक चीजको बारेमा सोच्नबाट जोगिन्छ ।

    दैनिकीलाई व्यवस्थित बनायो भने पनि धेरै सोच्नबाट बच्न सकिन्छ । खाना खाने समय, पढ्ने समय,  परिवारसँग समय बिताउने र सुत्ने सबै कुरालाई समयमा गरियो भने धेरै सोच्ने समय हुँदैन र  समस्याबाट बच्न सकिन्छ ।

    यदि धेरै सोच्नबाट बच्न चाहनुहुन्छ भने, नियमित रूपमा ध्यान अभ्यास गर्नुहोस् । यसले डरलाई कम गर्नेछ । मानसिक रूपमा आराम महसुस हुनेछ । धेरै सोच्ने समस्याबाट बच्न विभिन्न उपाय अपनाउँदा पनि सोच आइरह्यो भने मनोचिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ ।

    प्रकाशित मिति :आषाढ २१ २०८० बिहिवार - ११:१०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij