Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

युक्रेनमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा १ जना बालकसहित ४ जनाको मृत्यु

युक्रेनमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा १ जना बालकसहित ४ जनाको मृत्यु


  • 2.2K
    Shares

    युक्रेनमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा १ जना बालकसहित ४ जनाको मृत्यु
    images

    किभ । पूर्वी युक्रेनको क्रामाटोर्स्क क्षेत्रको मध्य भागमा रुसले क्षेप्यास्त्र प्रहार गर्दा एक जना बालकसहित कम्तीमा चार जनाको मृत्यु भएको छ । उक्त घटनामा धेरै व्यक्तिहरु घाइते भएका छन् ।

    डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७ः३० बजे भएको थियो। । ‘हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्ने काम गरिरहेका छौँ । यो शहरको केन्द्र हो । यी सर्वसाधारणको भीड हुने सार्वजनिक रूपमा खाने ठाउँहरू थिए’ उनले भनेका छन् ।

    अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ । युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राम टिप्पणीमा भनेका छन्, ‘रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ ।’

    सन् २०२२ फेब्रुअरी, २४ मा शुरु भएको रुस युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ ।

     

     

    प्रकाशित मिति :आषाढ १३ २०८० बुधवार - १४:४५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij