Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

टाइटानिक हेर्न जाँदा डुबेको पनडुब्बी यात्राका लागि आमन्त्रित थिए मिस्टर बिस्ट, भाग्यले बाँचे

टाइटानिक हेर्न जाँदा डुबेको पनडुब्बी यात्राका लागि आमन्त्रित थिए मिस्टर बिस्ट, भाग्यले बाँचे


  • 3.2K
    Shares

    टाइटानिक हेर्न जाँदा डुबेको पनडुब्बी यात्राका लागि आमन्त्रित थिए मिस्टर बिस्ट, भाग्यले बाँचे
    images

    काठमाडौं । विश्वमै सर्वाधिक सब्सक्राइबर भएका युट्युबर मिस्टर बिस्ट अर्थात् जिम्मी डोनाल्डसनले आफूलाई टाइटन पनडुब्बीमा यात्रा गर्न बोलाइएको दाबी गरेका छन् । आइतबार एक ट्वीट गर्दै मिस्टर बिस्टले आफूलाई टाइटानिकको भग्नावशेष अवलोकन गर्न आमन्त्रित गरिएको बताएका हुन् ।

    “मलाई यो महिनाको सुरुवातमा टाइटानिक पनडुब्बीमा यात्रा गर्न बोलाइएको थियो,” ट्वीटरमा एक मेसेजको स्क्रिनशट राख्दै बिस्टले लेखेका छन्, “मैले हुँदैन भनेँ ।”

    उक्त कार्य ज्यादै नै डरलाग्दो भएकाले आफूले जान अस्वीकार गरेको बिस्टको भनाइ छ । गत आइतबार एक शताब्दी अगाडि डुबेको चर्चित टाइटानिक जहाजको भग्नावशेष हेर्न गएका पाँच जनाको टोली सोही दिन यात्रा थालेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन बनेका थिए । त्यसपछि खोजी तथा उद्धार कार्य थालिएको थियो । पनडुब्बीमा ९६ घण्टाका लागि पुग्ने अक्सिजन सकिएपछि गत बिहीबार नै उद्दार तथा खोजी कार्य रोक्ने निर्णय भएको थियो ।

    त्यस लगतै टाइटानिक जहाजको भग्नावशेष भएको ठाउँभन्दा १६०० फिट टाढा डेब्रिस फिल्डमा पनडुब्बीको भग्नावशेष भेटाएपछि उद्धारकर्ताले उद्धार कार्य रोके र यात्रामा निस्किएका पाँचै जनाको मृत्यु भइसकेको घोषणा गरे ।

    निधन हुनेमा पनडुब्बी बनाउने कम्पनी ओसनगेटका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टकटन रश, पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य शाहजादा दाउद र उनका छोरा सुलेमान दाउद, ब्रिटिश अन्वेषक हमिश हार्डिङ र फ्रेन्ट टाइटानिक विज्ञ पल(हेन्री नार्गियो रहेका छन् ।

    उनीहरूले पनडुब्बीमा सवार भई टाइटानिक जहाजको भग्नावशेष हेर्न दुई लाख ५० हजार अमेरिकी डलर तिरेको बताइएको छ । अमेरिकी तटरक्षक गार्डका अनुसार सोही दिन पनडुब्बी विस्फोट हुँदा त्यसमा सवार पाँचै जनाको निधन भएको हो ।

    १६ करोड ३० लाख बढी सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्ट आफूलाई साहसिक व्यक्तिका रूपमा पनि परिचित गराइरहेका हुन्छन् । विशेषगरी आफूलाई जोखिमयुक्त च्यालेन्जमा सहभागी बनाउने २५ वर्षीय बिस्टले साहसिक यात्राका रूपमा हेरिने टाइटन पनडुब्बीमा सवार गर्न किन अस्वीकार गरे भन्नेमा धेरैले आशंका ‍गरेका छन् । 

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १२:४८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij