२०८२ भाद्र ११ गते बुधवार
काठमाडौँ । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा करिब ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार जेठ मसान्तसम्म नेपालले २ अर्ब ९६ करोड ६६ हजार रुपैयाँ बराबरको १५ लाख ६३ हजार केजी छुर्पी निर्यात गरेको हो ।
यस अवधिमा अमेरिकामा सबैभन्दा २ अर्ब ५५ करोड ८५ लाख ८९ हजार रुपैयाँ बराबरको बढी १३ लाख २१ हजार केजी छुर्पी निर्यात भएको छ ।
त्यस्तै, क्यानडाले २७ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरको १ लाख ३६ हजार ८ सय ७२ केजी छुर्पी खरिद गरेको भन्सार विभागको तथ्याङ्क छ ।
यसैगरी बेलायतले ३ करोड ९ लाख रुपैयाँ, जापानले ३ करोड ४६ लाख, हङ्कङले १ करोड १२ लाख रुपैयाँ, सिङ्गापुरले १ करोड २२ लाख र दक्षिण कोरियाले १ करोड ३ लाख रुपैयाँ बराबरको नेपाली छुर्पी खरिद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij