Logo

२०८२ पौष ११ गते शुक्रवार

२०८२ पौष ११ गते शुक्रवार

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते


  • 834
    Shares

    जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
    images

    भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।

    भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो ।

    घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो । दुर्घटनापछि प्रतियोगिताअन्तर्गतका आजका सबै खेल स्थगन भएका गरिएका नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :पौष ११ २०८२ शुक्रवार - १४:२८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij