Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

टाइटानिक भग्नावशेष हेर्न पनडुब्बीमा गएका पाँचै जनाले ८ दिनको टिकट किन्दा तिरेका थिए सवा तीन करोड

टाइटानिक भग्नावशेष हेर्न पनडुब्बीमा गएका पाँचै जनाले ८ दिनको टिकट किन्दा तिरेका थिए सवा तीन करोड


  • 3.7K
    Shares

    टाइटानिक भग्नावशेष हेर्न पनडुब्बीमा गएका पाँचै जनाले ८ दिनको  टिकट किन्दा तिरेका थिए सवा तीन करोड
    images

    टाइटन पनडुब्बीको भग्नवशेष टाइटनिक जहाज डुबेको स्थानभन्दा १६ सय फिट तल भेटिएको छ। ओशेनगेट कम्पनीका अनुसार टाइटनमा सवार सबै पाँच यात्रुको ज्यान गएको छ। 

    यस पनडुब्बीमा सवार ५ जनामा ४ जना अर्बपति व्यापारी थिए। अमेरिकी कोस्ट गार्डले बिहीबार साँझसम्म पनडुब्बीमा अक्सिजन सकिने आशंका गरेको थियो।त्यसपछि मोडर्न सी-१३० हरक्यूलस, पी-८ समेत १६ एयरक्राफ्ट पनडुब्बीको खोजी र उद्धारमा जुटेका थिए। 

    आखिर ज्यान नै जोखिममा राखेर समुद्रको १३ हजार फिटमुनि यी अर्बपति किन गएका थिए? आखिर के हो त टाइटनिक टुरिजम? जसको एउटा टिकटका लागि सवा तीन करोड रुपैयाँ तिर्न किन तयार हुन्छन् मानिस? १११ वर्षअघि १५ अप्रिल १९१२ मा उत्तरी एटलान्टिक महासागरमा टाइटनिक नामको विशाल जहाज डुबेको थियो।  

    यसमा करिब १५ सय मानिस डुबेर मारिए। दुर्घटनाको ७३ वर्षपछि सन् १९८५ मा क्यानाडा नजिक न्यूफाउन्डल्यान्ड द्वीपनजिक यसको भग्नवशेष भेटियो। डुबेको टाइटनिक समुद्रको १३ हजार फिट तल छ।

    टाइटनिक डुबेको भेटिएपछि यसलाई हेर्न इच्छा देखाउने मानिसको लाइन लाग्यो। सन् २०२१ मा एटलान्टिक महासागरको पिँधमा रहेको टाइटनिकलाई देखाउन अमेरिकी कम्पनी ओशेनगेटले टाइटनिक टुरिजमको सुरुवात गरेको थियो। १८ जुनदेखि जुन पनडुब्बी बेपत्ता भयो, जसमा सवार ४ अर्बपतिसहित ५ जना मानिसलाई टाइटन पनडुब्बी टाइटनिक टुरिजममा गएका थिए। 

    हाइड्रोस्पेस ग्रुपका मालिक विलियम कोह्ननका अनुसार केही  मानिसलाई हवाई द्वीप र क्यारेबियन द्वीपनजिक समुद्रको गहराईमा मन पर्छ। यहाँ समुद्रभित्र रंगीविरंगी जीवजन्तु र चट्टानले मानिसलाई रोमाञ्चित बनाउँछ।

    अमेरिकी पब्लिक रिलेशन कम्पनी टाराका मालिक डी अन्नुन्जियोका अनुसार धनी मानिसहरु पैसाको त्यति महत्व राख्दैनन्। उनीहरु जीवनमा रोमाञ्च गर्न चाहन्छन्। केही त्यस्तो गर्न चाहन्छन् जसलाई जीवनभर भुल्न नपाइयोस्। यहीकारण मानिसहरु समुद्री यात्रामा गर्छन्।  

    ८ दिनको यात्रामा तीन करोडको टिकट

    ओशेनगेट कम्पनी टाइटनिक टुरिजममा जानका लागि नेपाली सवा ३ करोड रुपैयाँ अर्थात् २.५० लाख डलर टिकटकै लागि लिन्छ। 

    क्यानाडाको सेन्ट जोन न्यूफाउन्डल्यान्डबाट यसको यात्रा सुरु हुन्छ। यो समुद्री यात्रा ८ दिन ७ रातको हुन्छ। कम्पनी यस यात्रामा धेरैमा धेरै ५ जनालाई मात्रै लिएर जान सक्छ।

    ट्राभल कम्पनी ब्राउन एन्ड हुडसनका संस्थापक फिलिप ब्राउनका अनुसार यस समुद्री यात्रालाई अझै ज्यादा ज्यादा रोमाञ्चक बनाउन यस्ता कम्पनीले एक अर्को प्याकेज अफर गर्छन्। यसका लागि हरेक व्यक्तिबाट ४ करोड नेपाली रुपैयाँसम्म लिन्छन्। 

    यस यात्रामा जाने मानिसलाई एक महिनाअघिबाटै तयार गरिन्छ। पनडुब्बी मानिसहरुलाई लिएर समुद्रको १९ हजार फिटको गहिराइसम्म जान सक्छ। ओशेनगेटको वेबसाइटमा गएर जोकोहीले टाइटनिक टुरिजमका लागि आफ्नो स्लट बुक गर्न सक्छ। तर यसका लागि केही मापदण्ड भने पूरा गर्नुपर्छ। 

    यसका लागि १८ वर्षमाथिको उमेर हुनु्पर्छ। क्यानाडाबाट यात्रा सुरु हुन्छ। त्यसैले राहदानी र भिजा पनि जरुरी पर्छ।एक सातासम्म पनडुब्बीमा रहन सक्ने शारीरिक क्षमता चाहिन्छ। पानीभित्र कुनै पनि परिस्थितिसँग जुध्न तयार हुनुपर्छ।६ फिटको भर्‍याङ चाँडो चढ्ने र १० केजी तौलसम्म सजिलै उठाउन सक्ने हुनुपर्छ। मरिन टेक्नोलोजी सोसाइटीले यसबारे बताउँदै टाइटनिक टुरिजमका क्रममा सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने जनाएको छ। 

    यो सोसाइटीले बितेका ५० वर्षमा पनडुब्बी यात्राका क्रममा कुनै ठूलो घटना नभएको जनाएको छ। जुन पनडुब्बीबाट अर्बपति गएका थिए, त्यो विश्वकै सबैभन्दा आधुनिक र प्रविधियुक्त थियो। पनडुब्बी पाइलट रहिसकेका अफर क्याटरले सुरक्षाका जतिसुकै बन्दोबस्त भए पनि  यस्तो समुद्री यात्रा अति नै खतरनाक हुने बताए। 

    टाइटन पनडुब्बीका लागि उद्धार अभियान एकदमै चुनौतीपूर्ण थियो। यसको कारण भनेको अमेरिकी नौसेनाको धेरै  पनडुब्बी केवल  ८०० फिटसम्मको गहिराइसम्म जान सक्छन्। 

    विश्वमा अहिलेसम्म सबैभन्दा धेरै १५ सय ७५ फिटसम्म उद्धार अभियान चलाइएको छ। सन् १९७३ मा रोजर च्यापम्यान र रोजर म्यालिन्सन तीन दिनसम्म क्यानाडानजिकको समुद्रमा आफ्नो पनडुब्बी मिन आईआईआईसहित गायब भएका थिए। 

    त्यसबेला उनीहरुलाई बचाइएको थियो। तर टाइटनिकको भग्नवशेष १३ हजार फिट तल छ। त्यहीकारण यस पनडुब्बीमा सवार मानिसहरुलाई बचाउन नसकिएको हो। एजेन्सी

     

    प्रकाशित मिति :आषाढ ८ २०८० शुक्रवार - १३:४५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij