Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सात लाख बढी बालबालिकाको आँखा परीक्षणमा ३२ हजारमा दृष्टिदोष

सात लाख बढी बालबालिकाको आँखा परीक्षणमा ३२ हजारमा दृष्टिदोष


  • 1.9K
    Shares

    • images
    सात लाख बढी बालबालिकाको आँखा परीक्षणमा ३२ हजारमा दृष्टिदोष
    images

    काठमाडौँ । नेपालमा सात लाख ८५ हजार ४६० जना बालबालिकाको आँखा परीक्षण गर्दा ३२ हजार जनामा दृष्टिदोषको समस्या देखिएको छ ।

    नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाअन्तर्गत गरिएको परीक्षणमा ठूलो संख्यामा दृष्टिदोषको समस्या देखिएको हो ।

    परियोजनामार्फत झापा मोरङ, पर्सा, सुनसरी र सिराहा जिल्लाका सात लाख ८५ हजार ४६० जना बालबालिकाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो । सन् २०१८ देखि २०२२ सम्म चलेको परियोजना मार्फत ६ देखि १८ वर्षसम्मका दुई हजार ५५५ वटा निजी तथा सामुदायिक विद्यालयहरूमा आँखा परीक्षण गरिएको थियो ।

    जाँचका क्रममा दृष्टिमा समस्या देखिएका २० हजार ३८० जना बालबालिकालाई नि:शुल्क चस्मा वितरण गरिएको संघले जनाएको छ । त्यस्तै, २०१ जना बालबालिकाको शल्यक्रियामार्फत आँखाको उपचार गरिएको थियो । 

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - १४:०३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij