Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

५२ अंकले बढ्यो नेप्से, ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार

५२ अंकले बढ्यो नेप्से, ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार


  • 2.5K
    Shares

    ५२ अंकले बढ्यो नेप्से, ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार

    काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारले ५२.२ अंकको छलाङ मारेको छ । बैंकिङ उपसमूहमा आएको गिरावटका बाबजुत अरु उपसमूहमा उच्च वृद्धि आएपछि परिसूचक ५२.२६ अंक बढेर २०९४ अंकमा कायम भएको हो ।

    कुल ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भयो । १९० कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो, ४ को स्थिर रहृयो ।

    यस दिन बैंकिङ उपसमूह ३.५५ अंक घट्यो भने अरु सबै बढे । विकास बैंक ५०, फाइनान्स ३५, होटल तथा पर्यटन २९४, जलविद्युत् १०२, जीवन बीमा ६९४, उत्पादन १४२, माइक्रोफाइनान्स १०३, निर्जीवन बीमा ५००, अन्य ८६ र ब्यापार उपसमूह ८७ अंक बढे । प्रतिशतका आधारमा जीवन बीमा सबैभन्दा धेरै ६.३, होटल ६.१ र अन्य उपसमूह ६ प्रतिशत बढे ।

    नेपाल इन्स्योरेन्स, प्रभु लाइफ, ग्रीनभेन्चर, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, मेन्छ्याम हाइड्रोपावर, सिटी होटल, माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । साधना लघुवित्त र स्वेतगंगा हाइड्रोको मूल्य ९.८ प्रतिशत बढ्यो । शुभम् पावरको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, आईजीआई प्रुडेन्सियल, सोल्टी होटल, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल टेलिकम क्रमशः अगाडि रहे ।

     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १४:२९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij