Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वर्षाको कारणले नेपाल र भारत-ए को खेल रद्द

वर्षाको कारणले नेपाल र भारत-ए को खेल रद्द


  • 2.2K
    Shares

    • images
    वर्षाको कारणले नेपाल र भारत-ए को खेल रद्द
    images

    काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ ।वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो । रद्द भएपछि दुवैले एक(एक अंक पाएका छन् ।

    समूह बी मा नेपालले दुई खेलपछि एक अंक छ भने भारतले ३ अंक जोडेको छ । बिहीबारै तय भएको पाकिस्तान ए र हङकङबीचको खेल पनि रद्द भएको थियो । नेपाल पहिलो खेलमा पाकिस्तान(ए सँग प्रतिस्पर्धात्मक खेलमा ९ रनले पराजित भएको थियो ।

    नेपालले समूहको अन्तिम खेल हङकङसँग शनिवार खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । भारत र पाकिस्तानको समान ३ अंक हुँदा नेपाल र हङकङको समान एक अंक छ ।

     

    प्रकाशित मिति :जेठ ३२ २०८० बिहिवार - १३:०५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij