२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । आज हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए सँग खेल्दैछ । समूह-ए मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान-ए सँग प्रतिस्पर्धात्मक खेलमा ९ रनले पराजित भएको थियो ।
नेपाल पहिलो जितको खोजीमा छ । तर, पहिलो खेलमा घरेलु टोली हङकङलाई सहजै ९ विकेटले पराजित गरेको भारत बलियो टोली हो ।
यू -१९ विश्वकप विजेता स्वेता सेरावतको कप्तानीमा रहेको भारत -ए मा युवा खेलाडीहरुको बाहुल्य छ । नेपाल र भारत-ए बीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मोङ्ग कोस्थित मिसन रोड ग्राउण्डमा सुरु हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij