Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

झापा मेचीनगर-९ का २७ जनामा एकै खाले बिरामी, फुड प्वाइजनिङको अनुमान

झापा मेचीनगर-९ का २७ जनामा एकै खाले बिरामी, फुड प्वाइजनिङको अनुमान


  • 2.6K
    Shares

    • images
    झापा मेचीनगर-९ का २७ जनामा एकै खाले बिरामी, फुड प्वाइजनिङको अनुमान
    images

    झापा । झापा मेचीनगर ९ को एकै स्थानका २७ जना एकै खाले बिरामी परेका कारण उपचारका लागि भर्ना गरिएको छ। उनीहरूलाई खानपानका कारण एकै प्रकृतिको बिरामीले च्यापेको चिकित्सकहरूले अनुमान गरेका छन्।

    दुई दिनअघि उनीहरूले न्वारानको भोज खाएका थिए। त्यही भोज खाएपछि उनीहरू बिरामी परेका स्थानीय बासीहरूले बताएका छन्।

    मेचीनगर–९ माथिल्लो मागुरमाडीमा केही दिनअघि जन्मेको बच्चाको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयबासीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले बताए।

    बिरामीको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ। भोजका परिकारमा अखाद्य पदार्थ मिसावट भएकाले उनीहरूमा फुड पोइजनिङ भएको चिकित्सकहरूको अनुमान छ।

    उनीहरूमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। तामाङका अनुसार २७ जनाको उपचार भइरहेको छ।

    उनीहरु सबैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेकाले बिहीबारसम्ममा डिस्चार्ज हुने अस्पताल प्रशासनले जनाएको छ।

    गर्मी मौसमका कारण खानेकुराहरु लामो समय बाहिर राख्न र पकाउनेबितिक्कै सेवन गर्न उपचारमा संलग्न चिकित्सकले सुझाव दिएका छन्।

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १६:११:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij