Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सन्दीप र दीपेन्द्रले क्यानडा लिग टी-ट्वान्टी खेल्ने

सन्दीप र दीपेन्द्रले क्यानडा लिग टी-ट्वान्टी खेल्ने


  • 2.8K
    Shares

    सन्दीप र दीपेन्द्रले क्यानडा लिग टी-ट्वान्टी खेल्ने
    images

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ग्लोबल टी-२० क्यानडा खेल्ने भएका छन्।

    मंगलबार राति सन्दीपलाई सर्रे जगुआरले किनेको छ। लगातार क्यानडा लिग खेलिरहेका सन्दीपले बलात्कारको आरोपपछि पहिलोपटक विदेशी लिग खेल्न लागेका हुन्। गत भदौमा केन्या भ्रमणपछि क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज पुगेका बेला बलात्कार आरोप लागेपछि सन्दीप स्वदेश फर्किएका थिए। 

    आफ्नो खेल करियरका पहिलो विदेशी लिग खेल्न लागेका अलराउन्डर दीपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले किनेको हो। टी–२० क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्र नेपालबाट टी–२० आईमा १ हजार रन पूरा गर्ने पहिलो खेलाडी हुन्। उनले ४४ टी २० आई खेलमा १ शतक र पाँच अर्धशतकसहित १ हजार १ सय ३ रन पूरा गरेका छन्। बलिङतर्फ उनले २१ विकेट लिएका छन्। 

    ग्लोबल टी–२० क्यानडा लिग आगामी जुलाई २० देखि ६ अगस्टसम्म चल्नेछ।

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १५:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij