Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गोरखामा पहिलो पटक हेपाटाइटिस बी विरुद्ध खोप अभियान

गोरखामा पहिलो पटक हेपाटाइटिस बी विरुद्ध खोप अभियान


  • 2.7K
    Shares

    • images
    गोरखामा पहिलो पटक हेपाटाइटिस बी विरुद्ध खोप अभियान
    images

    गोरखा । हेपाटाइटिसका धेरै बिरामी रहेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा हेपाटाइटिस बी विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गाउँपालिकाको समन्वयमा किमोलुङ फाण्डेशन नेपालले वडा नम्बर ३ का विभिन्न गाउँमा हेपाटाइटिस बी रोगविरुद्धको खोप अभियान सञ्‍चालन गरेको हो ।

    अभियानअन्तरर्गत बुधबार दुर्गमको न्याक गाउँमा शिविर सञ्चालन भइरहेको छ । मंगलबार जगत बजारमा शिविर सञ्‍चालन भएको थियो । पहिलो दिन ७३ पुरुष र ८७ महिला गरी कूल एक सय ६० जनामा हेपाटाइटिस बी संक्रमण रहे नरहेको परीक्षण गरिएको किमोलुङ फाउण्डेशनका अध्यक्ष वाङ्चुक राप्तेन लामाले बताए ।

    परीक्षण गरिएकामध्ये ६ जनामा हेपाटाइटिस बी पोजेटिभ देखिएको उनले बताए । शिविरमा ४५ जना पुरुष र ६९ जना महिला गरी कूल एक सय १४ जनालाई हेपाटाइटिस विरुद्धको खोप लगाइएको लामाले जानकारी दिए ।

    गाउँहरुमा हेपाटाइटिसको समस्या रहेको तर खोप अभियान सञ्चालन गर्ने नेपाल सरकारले कार्यक्रम नरहेकाले संस्थाले यसको व्यवस्था गरेको लामाको भनाइ छ । खोप अभियान सञ्‍चालन गर्नुअघि पालिकाका स्वास्थ्यकर्मीहरूई हेपाटाइटिस रोग सम्बन्धी प्रशिक्षण समेत दिइएको अध्यक्ष लामाले जानकारी दिए ।

     

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १३:५५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij