२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ६.५२ अंकले बढेर ३७९.८७ विन्दुमा अडिएको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढेसँगै कारोबार रकम सोमबारको तुलनामा वृद्धि भएको छ। आज २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँमा खरिदबिक्री भयो।
सोमबार २ अर्ब ८८ करोड ६५ लाख बराबरको मूल्य सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा तीन कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
वीन नेपाल लघुवित्त वित्तीय संस्था,भूगोल डेभलपमेन्ट र सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २७ कम्पनीको २७ करोड ६६ लाख मूल्यको सेयर कारोबार भयो।
हिमालयन डिस्टिलरीको १७ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड बढि मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा हरियाली छाएको छ।
मनु एन्ड प्रो उपसमूहको सूचक सर्वाधिक ४.३२ प्रतिशतले बढ्यो। यस्तै फाइनान्स,होटल्स एन्ड टुरिजम,लाइप इन्स्योरेन्स, माइक्रोफाइनान्स,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक २ प्रतिशत बढिले बढ्यो। आज १९६ कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने बाँकी ५ को स्थिर रह्यो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij